11/21/2009

Official Google Video Blog: Finally, Caption Playback

Official Google Video Blog: Finally, Caption Playback: "and"

युट्युबमा अब बहिराका लागि क्याप्सन

http://sarokar.com.np/?p=172

यु्ट्युबको मूल कम्पनी गूगलले बहिराहरुका लागि यस्का ब्लगहरु स्वतः क्याप्सन बनेर साइटमा देखिने बनाएको छ । मेसिनले स्वतः बनाउने क्याप्सन अंग्रेजीमा हुनेछ । पहिलो चरणमा यो १३ वटा च्यानलमा मात्र उपलब्ध हुनेछ ।

जो नेशनल जोग्राफी कोलुम्बिया र युट्यबसहितका च्यानलहरुमा उपलब्ध हुनेछ । यसका सफ्टवेयर उत्पादक केन ह्यारिन्सटिन आफै पनि बहिरा हुन । अहिले युट्यबले म्यानुअल रुपमा क्याप्सन सेवा दिएको छ तर भिडियो उत्पादकहरुले यसको उपयोग गरेका छैनन ।

“प्रयोगकर्ताहरुले बनाएका भिडियोहरु मजस्ता व्यत्तिःका लागि उपयोगविहीन थिए”- ह्यारिसनले गूगल ब्लगमा लेखेका छन । उनले बनाएको सफ्टवेयरले स्वतः बोली पहिचान स्पीच रिकोग्निसन गरी त्यसलाई क्याम्पनमा परिणत गर्न सक्छ ।

तर यो क्याप्सन भरपर्दो भने छैन उदाहरणका लागि सिम कार्ड भनियो भने त्यो चाहिँ साल्मोन भनेर देखिन्छ तर ह्यारिन्सटिनले यसलाई समयानुकूल सुधार गर्दै लाने बताएका छन । विकल्पमा प्रयोगकर्ताहरुले भिडियोको पटकथा उपलब्ध गराउन सक्नेछन ।

http://sarokar.com.np/?p=172

11/02/2009

नेपाली कमिक्स अब अनलाइनमा

राज कमिक्सले पहिलो पटक नेपाली कमिक्सप्रेमी पाठकहरुलाई लक्षित गरेर नागराज सिरिजको “हरियो काल”नेपालीमा प्रकाशन गरेको छ । अहिले यो कमिक्स निःशुल्क अनलाइनमा पढ्न पाइन्छ । नेपाली पाठकहरुबाट माग भएमा यो कमिक्स हार्ड कपीमा पनि प्रकाशन गर्न सकिने राज कमिक्सले जनाएको छ ।

विष विशेषोफेसर नागमणीले अनौठो नाग मानव शिशु भेटेका थिए । यो थिशुमा रहेको नाग
शक्तिलाई देखेपिछ उनले एक जीवित हितयार बनाए । आफ्नो ,यो हतियारको नाम राखे नागराज र विश्वभरका
आतंकवादीहरुमाझ लिलामी गरेर उसलाई बनाए भयानक आतंकवादी तर गुरु गोरखनाथको दिव्य प्रभावहरुले
नागराजलाई बनायो आतंकहता: नागराज ।
नागराज सिरिजका किमिक्सहरु अहिले भारतबाहेक हिन्दी बोलिने र पढिने मुलुकहरुमा लोकप्रिय भइसकेका छन ।

यसको नेपाली अनुवाद युवा पत्रकार गजेन्द्र बुढाथोकीले गर्नु भएको हो ।

अनलाइनमा पढ्न क्लिक गर्नुस
http://www.rajcomics.com/index.php?option=com_g2bridge&view=gallery&Itemid=168&g2_itemId=98923

डाउनलोड गर्न यो लिंक क्लिक गर्नुस
http://rapidshare.com/files/301206439/hariyo_kal.pdf.html

10/31/2009

nargaj comics in Nepali




Posted by Picasa

9/14/2009

सहयोग र समन्वयका लागि हार्दिक अनुरोध


नेपालको पत्रकारिता क्षेत्रमा विगत १५ वर्षदेखि निरन्तर क्रियाशील रही हाल नेपालको लोकप्रिय अनलाइन समाचार पत्रिका दैनिकी डटकमका सम्पादक गजेन्द्र बुढाथोकीका लागि एक पावर व्हीलचेयर (इलेक्ट्रिक व्हीलचेयर)को आवश्यकता परेका हुनाले अमेरिका, बेलायत, जर्मनी, जापान वा अन्य युरोपेली मुलुकमा रहनु भएका नेपाली समुदायका व्यक्तिहरुलाई यससम्बन्धी कुनै जानकारी भए सहयोग र समन्वयका लागि आग्रह गर्दछौं। तपाईको अमूल्य सहयोगले दुर्घटनावस अपांगता व्यहोर्नुका बाबजूद नेपालको सक्रिय पत्रकारितामा संलग्न रहिरहने एक युवा पत्रकारको अठोटमा ठूलो योगदान पुर्‍याउने छ।

प्राविधिक जानकारीः
मेरुदण्डमा गम्भीर चोट लागि पक्षघात (मेरुदण्डमा गम्भीर चोट लागी हाल हिडडुल गर्न नसक्ने अवस्था)

t8 burst fracture, (complete ASIA-A, stablalization operation, facing with paraplegia)

आवश्यकः १६ इञ्चको पावर व्हीलचेयर
नेपालको सडकको अवस्था (खाल्डा, खुल्डी, कच्ची उकालो ओरालो) हेरि उपयुक्त पावर व्हीलचेयर नेपालसम्म पठाउनका लागि लाग्ने संभावित रकमसहितको जानकारी उपलब्ध गराई दिनुहुन अनुरोध छ।

सम्पर्कका लागिः
गजेन्द्र बुढाथोकी
सम्पादक
दैनिकी अनलाइन
धुम्बाराही मिडिया प्रालि
धुम्बाराही काठमाडौं
इमेलः gbuhdthoki@gmail.com

8/03/2009

जनसरोकारका मुद्धामा सभासद्हरुको नैराश्यता

यतिखेर मूल्यवृद्धिले आकास छोएको छ, पश्चिम नेपालका जाजरकोट, रुकुमलगायतका जिल्लाहरुमा झाडापखालाको महामारी छाएको छ । विभिन्न नाममा हुने बन्द र हड्तालको क्रम बढेर गएको छ । साँचो अर्थमा भन्ने हो भने सबैतिर राज्यविहीनताको अनुभूति हुन थालेको छ । संविधान निर्माणको मूल कार्यसूची रहेको संविधान सभानै यतिखेर कामविहीन भएको छ । संविधान सभाको कार्यतालीका पाँच पटकभन्दा बढी परिवर्तन भइसकेको छ । व्यवस्थापिका संसदको कामत करिब करिब ठप्प नै भएको छ । गएको हिउँदे अधिवेशनमा एउटा पनि विधेयक पेश हुन नसकेको व्यवस्थापिका संसदमा यतिखेर सरकारको वाषिर्क बजेट पेश भएको छ । माधवकुमार नेपाल नेतृत्वको २२ दलीय गठबन्धन सरकारले पेश गरेको आर्थिक वर्ष २०६६/६७को बजेटमा अब क्रमसः मन्त्रालयत बजेटमाथि छलफल हुने छ । विगतका अनुभव हेर्ने हो भने सरकारको वाषिर्क बजेटमाथिको छलफलमा अत्यन्त न्यूनमात्रै सांसद -सभासद्)हरुको सहभागिता रहने गरेको छ । आफ्नो क्षेत्रमा किन बजेट पुगेन भनेर मात्र सभासदहरुले बोल्ने गर्छन । आंकडा वा रकममाथि सभासदहरुको जुन चासो देखिन्छ, त्यो चासो बजेटले सम्बोधन गरेका नीतिगत मुद्धामाथि परेको पाइदैन । बजेटमाथि मन्त्रालयतगत छलफल भइरहदा सभासदहरुले बेतूकका भाषण गरेको पनि सुन्न पाइन्छ । वास्तवमा हाम्राजस्ता विकासशील मुलुकहरुमा बजेट वक्तव्य, बजेटको तहगत विनियोजन, मुलुकको आर्थिक विकासका बारेमा कमैमात्र छलफल र बहस हुन्छ । बजेटमाथि टिप्पणी गर्ने दायित्व आर्थिक क्षेत्रका विज्ञ वा पूर्व अर्थमन्त्रीहरुले मात्र लिएझैं लाग्छ ।
वाषिर्क बजेट पारित नभइञ्जेलसम्म बोल्नका लागि मात्र बोल्ने वा टिप्पणी गर्ने सभासदहरुले त्यसपछि बजेटको कार्यान्वयनबारे कुनै शब्द बोल्दैनन, यहाँसम्मकी सांसद विकास कोष (हालको सभासद् विकास कोष)बाट भइरहेको विकास गतिविधिबारेसमेत कुनै चर्चा परिचर्चा हुँदैन । यहाँसम्मकी सञ्चारमाध्यमले समेत यसबारे कुनै खोजी नीति गरेको पाइदैन । सूचनाको हकसम्बन्धी ऐन अन्तर्गत हरेक चौमासिकमा सूचना सार्वजनिक गर्नुपर्ने दायित्व रहेका सरकारी निकायले समेत सुसूचित गराउनु पर्ने दायित्व सम्झदैनन । संसद सचिवालयमा रहेको प्रेस शाखाले त यस्तो सूचना दिएको अहिलेसम्म जानकारीमा आएको छैन । सांसद विकास कोषको रकम खर्च गर्ने सयन्त्रअर्थात स्थानीय विकास मन्त्रालयमा पनि जानकारी माग्दा त्यहाँबाट पनि निराशाजनकनै उत्तर पाइन्छ ।
जनताप्रति प्रत्यक्ष जवाफदेही भनिइने सभासदहरुको विकास कोषको त यो अवस्था छ भने अन्य निकायबाट बजेट कार्यान्यवनबारे विस्तृत जानकारी पाउनु भनेको ठूलै उपलब्धी हासिल हुनुजस्तै हो । विगत केही वर्षदेखि हरेक मन्त्रालयस्तरमा हरेक दुई महिनामा सचिव स्तरमा तथा हरेक चार महिनामा प्रधानमन्त्रीको नेतृत्वमा मन्त्रिस्तरमा बजेट कार्यान्यवयनको समीक्षा हुने व्यवस्था गरिएको छ । तर त्यहाँ पेश गरिने प्रतिवेदनमा 'निकासा गरिएको, प्रकृयामा रहेको, परिपत्र गरिएको' भन्नेजस्ता प्रगति विवरणले वास्तविक स्थिति झल्काउँदैन । अर्थमन्त्रालयले चैतको पहिलो सातातिर सार्वजनिक गर्ने बजेटको मध्यावधि समीक्षाले केही तस्वीर दिए पनि त्यसबारे सञ्चारमाध्यमका अर्थ वाणिज्य पृष्ठमा भन्दा अन्त बहसको अवसर पाउँदैनन ।
माओवादी नेतृत्वको सरकारले राजीनामा दिएपछि एमालेको नेतृत्वमा बनेको वर्तमान सरकारलाई सबैभन्दा पहिलो चुनौती २०५१ सालको एमाले सरकारले ल्याएका लोकपि्रयतामुखी बजेटका कार्यक्रमलाई कसरी ल्याउने भन्ने रहृयो, त्यसैले समाजशास्त्र पढेका अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट निर्माण गर्दा पहिलो चरणमा एमालेको आर्थिक विभाग -जो पार्टीको स्कूल विभागको हिस्सा हो)का डा. गोविन्दबहादुर थापा, डा. युवराज खतिवडासहितका अर्थशास्त्रीहरुलाई राखेर बजेट निर्माण टोली बनाइयो ।जसमा अर्थशास्त्री केशव आचार्य, डा. पुष्प कँडेल र डा. पुष्पराज राजकणिर्कार्र र डा. रामचन्द्र भट्टराई पनि थिए । तरपछि सत्ता साझेदार नेपाली कांग्रेसले पनि बजेट निर्माण प्रकृयामा आफ्नो सहभागिताका विषयलाई लिएर आपत्ती जनाएपछि डा. रामशरण महत, डा. नारायण खड्का, दीप उपाध्याय, डा. प्रकाशशरण महत र डा मिनेन्द्र रिजालको समूहले बजेट टीमलाई प्रत्यक्ष निर्देशित गर्‍यो र पछिल्लो चरणमा पृथ्वीराज लिगल, डा. जगदीशचन्द्र पोखरेल र पोषराज पाण्डेजस्ता राष्ट्रिय योजना आयोगका पू्र्व उपाध्यक्ष तथा सदस्यहरुलाई विज्ञ समूहमा समावेश बनाइयो । यसका बावजूद बजेटमा एमाले अन्य सत्तासाझेदान २१ दलमाथि हाबी भएको छ ।
विगतमा जस्तै बजेटका अधिकांस नीति तथा कार्यक्रम बजेट आउनुभन्दा दुई दिनअघिनै सार्वजनिक भए । बजेटको आंकडामा पत्रकारको अनुमानभन्दा पनि बजेटमा यस्तायस्ता कार्यक्रम आउँदै छन भने बजेटको प्रारम्भीक स्वरुपनै बाहिर आउने विगत केही वर्षदेखिको क्रम यो वर्षत झनै उग्र रुपमा देखियो ।
सीमित स्रोत र साधनमा बाँधिएको सरकारका लागि ठूला र महत्वाकांक्षी योजनासहितको बजेट ल्याउनु चुनौतीपूर्ण काम हो । गत वर्ष नेकपा माओवादीको सरकारले ल्याएको महत्वाकांक्षी बजेटका कारण यो वर्ष नेपालमा १४ प्रतिशतभन्दा अधिकको मूल्यवृद्धिदर कायम रह्यो । छिमेकी मुलुक भारतसहित विश्वका अधिकांस विकासशील मुलुकमा मूल्यवृद्धिदर एकल अंकमा झरिरहेको अहिलेको अवस्थामा नेपालमा भएको दोहोरो मूल्यवृद्धिले आम जनताको जीवनयापन कठिन बनाएको छ । विशेष गरी सरकारले विकासतर्फ जाने गरी विनियोजन गरेको पूँजीगत बजेट खर्चनै हुन नसकी पि|mज भएको र सरकारको सालबसाली खर्च अर्थात कर्मचारीको तलबभत्ता, सवारी इन्धनसहितका प्रशासनिक खर्च भने विनियोजन गरेकै अनुपातमा खर्च हुँदा त्यसले उपभोग खर्च बढाई मूल्यवृद्धिमा चाप पार्ने गरेको देखिन्छ । बजेटले मूल्यवृद्धि समस्याको पहिचान गरेपनि हल गर्ने उपाय भने दिनसकेको छैन । आपूर्ति व्यवस्था ठीक नभएसम्म मूल्य तल नझर्ने, त्यसमाथि समयमा पानी नपरेकाले यो वर्ष कृषि उत्पादन घट्ने भएकाले मुलुकले खाद्यान्न सङ्कट र मूल्यवृद्धिको सामना गर्नुपर्ने सम्भावनालाई ध्यान दिन सकिएको छैन । यसैगरी बजेटपछि सम्झौताका आधारमा कर्मचारीको तलब वृद्धि हुँदा त्यसले पार्ने भारपछिको व्यवस्थापनबारे गम्भीरता अपनाएको देखिदैन ।
बजेटको प्रभावकारी कार्यान्वयनबाट सरकारले आम नागरिकहरुमा सुशासनको संकेत दिनसक्छ । विगतका अनुभवहरु हेर्ने हो भने सरकारका कतिपय राम्रा कार्यक्रम, समयमै बजेट विनियोजन र निकासा हुँदाहुँदै पनि कार्यान्वयन नभएका दर्जनौं उदाहरणहरु छन । माओवादी नेतृत्वको सरकार विघटन भएपछि एमाले नेतृत्वमा बनेको सरकारले ल्याएको बजेट पेस्की खर्च विधेयक पारित भएपछि कार्यान्वयनको प्रकृया सुरु भएको छ । मूलतः पेश्की खर्च विधेयकको काम भनेको सरकारको आयव्ययको विवरण पारित नभइञ्जेलसम्म सरकारको नियमित खर्च गर्नका लागि बाटो खुल्नु हो । यस अर्थमा आर्थिक वर्ष २०६६/६७ को बजेट कार्यान्यवनको प्रकृया सुरु भएको छ । जसमा अर्थ मन्त्रालयले विनियोजित बजेटको पहिलो चौमासिकको निकासा दिने प्रकृया प्रमुख हो । नेपालमा संसदबाट बजेट पारित भएर त्यसको वास्तविक कार्यान्वयन प्रकृया मंसिरपछि मात्र सुरु हुने गर्छ ।
बजेटलाई सरकारको नियमित कामका रुपमा मात्र नलिएर जनतासँग प्रत्यक्ष सरोकार राख्ने मुद्धा बनाउन जतिको सरकारी संयन्त्रको भूमिका रहन्छ, त्यतिनै जनताप्रति जवाफदेही सभासद्हरुको पनि भूमिका छ । साथै विकाससम्बद्ध संयन्त्रले पनि यसका लागि दायित्व निर्वाह गर्नु अपरिहार्य छ ।
(दैनिकी डटकम)

समीक्षा बजेट: लोकप्रिय बन्ने प्रयास

माओवादी नेतृत्वको सरकारले राजीनामा दिएपछि एमालेको नेतृत्वमा बनेको वर्तमान सरकारलाई सबैभन्दा पहिलो चुनौती २०५१ सालको एमाले सरकारले ल्याएका लोकप्रियतामुखी बजेटका कार्यक्रमलाई कसरी ल्याउने भन्ने रह्यो, त्यसैले समाजशास्त्र पढेका अर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेट निर्माण गर्दा पहिलो चरणमा एमालेको आर्थिक विभाग (जो पार्टीको स्कूल विभागको हिस्सा हो)का डा. गोविन्दबहादुर थापा, डा. युवराज खतिवडासहितका अर्थशास्त्रीहरुलाई राखेर बजेट निर्माण टोली बनाइयो।जसमा अर्थशास्त्री केशव आचार्य, डा. पुष्प कँडेल र डा. पुष्पराज राजकर्णिकार्र र डा. रामचन्द्र भट्टराई पनि थिए। तरपछि सत्ता साझेदार नेपाली कांग्रेसले पनि बजेट निर्माण प्रकृयामा आफ्नो सहभागिताका विषयलाई लिएर आपत्ती जनाएपछि डा. रामशरण महत, डा. नारायण खड्का, दीप उपाध्याय, डा. प्रकाशशरण महत र डा मिनेन्द्र रिजालको समूहले बजेट टीमलाई प्रत्यक्ष निर्देशित गर्‍यो र पछिल्लो चरणमा पृथ्वीराज लिगल, डा. जगदीशचन्द्र पोखरेल र पोषराज पाण्डेजस्ता राष्ट्रिय योजना आयोगका पर्ू्व उपाध्यक्ष तथा सदस्यहरुलाई विज्ञ समूहमा समावेश बनाइयो। यसका बावजूद बजेटमा एमाले अन्य सत्तासाझेदान २१ दलमाथि हाबी भएको छ।
विगतमा जस्तै बजेटका अधिकांस नीति तथा कार्यक्रम बजेट आउनुभन्दा दुई दिनअघिनै सार्वजनिक भए। बजेटको आंकडामा पत्रकारको अनुमानभन्दा पनि बजेटमा यस्तायस्ता कार्यक्रम आउँदै छन भने बजेटको प्रारम्भीक स्वरुपनै बाहिर आउने विगत केही वर्षदेखिको क्रम यो वर्षत झनै उग्र रुपमा देखियो।
…बजेट वक्तब्यमा कुनै पनि कुरा नछुटाउने' नीति अपानाइएपछि ३ सय बुँदाका बजेट लिएर अर्थमन्त्री सुरेन्द्र पाण्डे सदनमा गए। तर उनी सदनबाट फर्कन नपाउँदै सिंहदरबारभित्रैबाट कर्मचारीहरुले उनीविरुद्ध नाराजुलुस सुरु गरे। यसअघि पनि पटकपटक तलब वृद्धिको माग गर्दै कर्मचारीहरुले आन्दोलन गर्ने गरेका भए पनि मुलुककै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रै नाराजुलुस भएको यो पहिलो पटक हो। एमालेका अर्थमन्त्रीले तलब बढाउँछन भनेर मख्ख परेका कर्मचारीहरु त्यतिखेर हिस्स परे, जतिखेर अर्थमन्त्रीले तलब वृद्धिका ठाउँमा भत्तामात्र वृद्धिको घोषणा गरे। सरकारी कर्मचारीहरुको तलब वृद्धि गर्दा पर्ने भारको गणना गरेरै तर्सेका अर्थमन्त्रीले भत्तामात्र वृद्धि गरेर फुत्कने दाउ गर्दा पनि धर पाएनन र मन्त्रिपरिषद्को बैठकले पछि तलब समायोजनको निर्णय लिनु पर्‍यो।
थुप्रै नारामुखी र लोकप्रियतामुखी बजेट ल्याए पनि अर्थमन्त्री सुरेन्द्र पाण्डेले यो वर्ष फेरि तीन वर्षे मध्यकालीन खर्च संरचनाको आधारमा बजेट तयार गरेका छन। नेपालको गरिबी निवारण रणनीतिपत्रका रुपमा रहेको दशौं योजनाको कार्यान्वयनका आधारका रुपमा रहेको त्रिवर्षिय खर्च संचरना (एमटीईएफ)लाई दाताहरुले पनि सह्राहना गरेका थिए, तर दशौं योजनाको अन्त्यसँगै तीन वर्षे अन्तरिम योजना ल्याउँदा र त्यसपछि बनेका दुई वटा वार्षिक बजेट तर्जुमा प्रकृयामा यो संरचनाको बेवास्ता गरिएको थियो। संभवत यो वर्ष तीन वर्षे अन्तरिम योजनाको अन्तिम वर्ष भएकाले आगामी वर्ष बनाइने एघारौं पञ्चवर्षिय योजनाको आधारका लागि पनि यस पटक मध्यकालीन खर्च संरचनाको अवधारणा भित्र पुनः बजेटलाई बाँध्ने प्रयत्न गरिएको छ। यो खर्च संरचनाभित्र रहेपछि आगामी तीन वर्षसम्म (आर्थिक वर्ष २०६६/६७ देखि २०६८/६९ सम्म) बजेटलाई तोकिएको सीमाभित्रै बाँध्नु पर्ने हुन्छ। यस अनुसार आव ०६७/६८ मा ३ खर्ब २३ अर्ब र आव ०६८/०६९ मा ३ खर्ब ५३ अर्बसम्मको बजेट आउने छ। यो संविधान निर्माणका लागि तोकिएको अन्तिम मिति पनि हो। अर्थात २०६७ जेठभित्र संविधानको खाका बन्नेछ, जसले नेपाललाई संघीय गणतान्त्रिक मुलुकमा परिवर्तन गर्नेछ, त्यसपछि संभावित केन्द्रीय सरकारको बजेटको आंकडा (प्रान्तिय सरकारलाई अनुदानसहित)को आकार बढाइएको हुनसक्छ।
सीमित स्रोत र साधनमा बाँधिएको सरकारका लागि ठूला र महत्वाकांक्षी योजनासहितको बजेट ल्याउनु चुनौतीपूर्ण काम हो। गत वर्ष नेकपा माओवादीको सरकारले ल्याएको महत्वाकांक्षी बजेटका कारण यो वर्ष नेपालमा १४ प्रतिशतभन्दा अधिकको मूल्यवृद्धिदर कायम रह्यो। छिमेकी मुलुक भारतसहित विश्वका अधिकांस विकासशील मुलुकमा मूल्यवृद्धिदर एकल अंकमा झरिरहेको अहिलेको अवस्थामा नेपालमा भएको दोहोरो मूल्यवृद्धिले आम जनताको जीवनयापन कठिन बनाएको छ। विशेष गरी सरकारले विकासतर्फ जाने गरी विनियोजन गरेको पूँजीगत बजेट खर्चनै हुन नसकी फ्रिज भएको र सरकारको सालबसाली खर्च अर्थात कर्मचारीको तलबभत्ता, सवारी इन्धनसहितका प्रशासनिक खर्च भने विनियोजन गरेकै अनुपातमा खर्च हुँदा त्यसले उपभोग खर्च बढाई मूल्यवृद्धिमा चाप पार्ने गरेको देखिन्छ। बजेटले मूल्यवृद्धि समस्याको पहिचान गरेपनि हल गर्ने उपाय भने दिनसकेको छैन। आपूर्ति व्यवस्था ठीक नभएसम्म मूल्य तल नझर्ने, त्यसमाथि समयमा पानी नपरेकाले यो वर्ष कृषि उत्पादन घट्ने भएकाले मुलुकले खाद्यान्न सङ्कट र मूल्यवृद्धिको सामना गर्नुपर्ने सम्भावनालाई ध्यान दिन सकिएको छैन। यसैगरी बजेटपछि सम्झौताका आधारमा कर्मचारीको तलब वृद्धि हुँदा त्यसले पार्ने भारपछिको व्यवस्थापनबारे गम्भीरता अपनाएको देखिदैन।
सरकारले राजश्वमा उच्च वृद्धिको अपेक्षा गरेको भए पनि यसको स्पष्ट आधार छैन। गएको आर्थिक वर्षमा नेपाल टेलिकम र आयल निगमबाट प्राप्त लाभांस र मुनाफा, आयको स्वयं घोषणा तथा राजश्व प्रशासनमा गरिएको कडाईले उच्च राजश्व वृद्धिदर हासिल भए पनि यो वर्ष उच्च राजश्व वृद्धिका आधार देखिदैन। यद्यपि पाण्डेको बजेट गत वर्षको बजेटभन्दा ७ अर्ब बढाएर रु.२ खर्ब ८५ अर्ब ९३ करोडको मात्र छ। वैदेशिक सहायता परिचालनमा पनि जुन महत्वाकांक्षा देखाइएको छ, वर्षको अन्त्यसम्म आइपुग्दा त्यसअनुकूलको सहयोग परिचालन हुन नसकेर आन्तरिक ऋण उठाउनु पर्ने हुनसक्छ। गत आवमा विकास तर्फको पूँजीगत खर्च हुन नसकेर त्यो रकमले आन्तरिक ऋण तिरिएको थियो, तर यो वर्ष कर्मचारीको तलब बढाउनु पर्ने भएकाले तथा बजेटमा नपरेका कार्यक्रमका लागि सुरुदेखिनै गैर बजेटरी रकम माग गर्ने प्रवृत्तिले यो वर्ष पूजीगततर्फको बजेटमा थप चाप पर्ने स्पष्ट छ।
बजेटमा कतिपय विषय त नाराहरुमात्र रहेका देखिएका छन भने केही यस्ता स–साना कार्यक्रम (जो जिल्ला विकास समितिको जिल्ला परिषद्मामात्र पेश गर्दा पनि हुने थियो)समेत हालिएको छ, जो बजेट वक्तव्यमै पर्नु आवश्यक थिएन। बजेटमा एमालेको नौ महिने कार्यकालका आफ्नो गाउँ आफै बनाउँ , नौससहितका महत्वपूर्ण कार्यक्रमहरुलाई निरन्तरता दिइएको छ। यस्तै विगतका केही कार्यक्रमहरुलाई पनि निरन्तरता दिइएको छ।
केही यस्तावास्तवमा बजेट सरकारको नियमित आयव्ययको विवरण (मन्त्रालयगत खर्चको विवरण), कर्मचारीका लागि तलबभत्ता वृद्धिको घोषणा, उद्योगी व्यवसायीमा कर संरचनामा घटबढ, नेताहरुलाई पार्टीगत राजनीतिको माध्यमभन्दा पर हटेर सरकारले आम नागरिकमाथि दिने राज्यको अनुभूति पनि हो। ७० कटेको एउटा वृद्ध नागरिक, पति गुमाएकी एकल महिला, अरुको सहारामा जीउनु पर्ने अपाङ्ग नागरिक, शिक्षाको अभावमा गरिबी झेलिरहेका बालबालिका, चरम गरिबीमा परेका विभिन्न जाति जनजातिसम्म राज्यको प्रतिवद्धता पुर्‍याउनेमाध्यम पनि हो भन्ने तथ्यलाई हेर्ने हो भने समाजका सबै वर्ग बजेटबाट लाभान्वित हुने किसिमले बजेट बनाइनु पर्छ भन्ने मान्यताबाट बजेट निर्माण समूह गम्भीर रहेको देखिन्छ। एक अर्थमा भन्दा डा. बाबुराम भट्टराईको …मार्क्सवादी चिन्तन'बाट उत्प्रेरित आव २०६५/६६को बजेटलाई निरन्तरता दिएर लेलिनवादी बजेटको झल्को दिलाइएको छ। जसमा अर्थमन्त्रीलाई प्रत्यक्ष निर्देशित गर्ने टोलीको नेतृत्व गरेका नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महत पनि जिल्लिए।
अहिलेको खुला बजार अर्थनीतिमा विगतदेखिनै सार्वजनिक निजी साझेदारी, निजी क्षेेत्र प्रवर्द्धनलगायतका विषयमा ठूल्ठूला मुद्धा उठ्ने गरेको भए पनि विगतका बजेटहरुमा घोषणा गरिएका महत्वपूर्ण पूर्वाधारहरुमा निजी क्षेत्रले निष्कृयता देखाएपछि सरकार आफैले अघि बढाउने हिम्मतिलो घोषणा गरिएको छ। तर सरकारको प्रत्यक्ष सहभागितामा अझै पनि मुलुकका केही जिल्ला सदरमुकाम पुग्ने बाटो त पूरा हुन नसकेको अवस्थामा राजधानीलाई तराईसँग जोड्ने काठमाडौं­निजगढ द्रूतमार्ग, माथिल्लो सेती जलविद्युत् आयोजना, तराईको हुलाकी सडकजस्ता पूर्वाधार कहिले पूरा हुनेहुन त्यो भन्ने भन्न गाह्रो छ।
बजेटको प्रभावकारी कार्यान्वयनबाट सरकारले आम नागरिकहरुमा सुशासनको संकेत दिनसक्छ। विगतका अनुभवहरु हेर्ने हो भने सरकारका कतिपय राम्रा कार्यक्रम, समयमै बजेट विनियोजन र निकासा हुँदाहुँदै पनि कार्यान्वयन नभएका दर्जनौं उदाहरणहरु छन। यसका लागि वितेका केही वर्षयता सुरु गरिएको मन्त्रालयस्तरिय मासिक बजेट समीक्षा, सचिवस्तरिय दुई महिने बजेट समिक्षा र प्रधानमन्त्रीको अध्यक्षतामा हरेक चार महिने मन्त्रीस्तरिय बजेट समिक्षालाई निरन्तरता दिइनु पर्छ।
बजेटको सफलता र विफलता राजनैतिक सामाजिक वातावरण, आन्तरिक तथा बाह्य समष्टीगत आर्थिक सन्तुलतमा भर पर्छ। सबैभन्दा मुख्यकुरा त बजेटमा गरिएका ठूल्ठूला प्रतिवद्धता पूरा नगर्ने हो भने नेतृत्वकर्ता पार्टीले भोलि निर्वाचनमा ठूलै चोट पाउनु पर्ने हुनसक्छ।
बजेट एक झलकः
कूल बजेट २८५ अर्ब ९३ करोड (राजश्वः १६१ अर्ब ७३ करोड, वित्त घाटाः ४६ अर्ब ३४ करोड, वैदेशिक सहयोगः ७८ अर्ब ५१ करोड)
उल्लेख्य कार्यक्रमहरु
दलित र गैरदलित तथा विधवा विवाहलाई प्रोत्साहन,
दलित समुदायलाई तीन हजार आवासगृह वितरण
पहाडी जिल्लामा एकीकृत वस्ती विकासको योजना
तीन हजार आवासगृह निर्माण तथा वितरण
राउटे जातिका लागि मासिक भत्तालाई रु.५०० बाट रु.१ हजारमा वृद्धि, स्थायी रूपमा बस्न चाहे उनीहरूका लागि सम्पूर्ण व्यवस्था सरकारले गर्ने
सरकारकै नेतृत्वमा
राजधानीलाई तराईसँग जोड्ने काठमाडौं­निजगढ द्रूतमार्ग
माथिल्लो सेती जलविद्युत् आयोजना
तराईको हुलाकी सडक
(पहुँच मासिक, १५ साउन)

7/15/2009

स्पाइन इन्जरीके उपर फिल्म

संजय लीला भंसाली जो की एक जानेमाने निर्देशक है वह ब्लाक जैसा इक फिल्म जो की स्पाइनल इन्जरीके मामले मे बनारहे है । भंसाली की नइ फिल्म गुजारिस स्पाइनल इन्जरीके उपर बन रहा है । जब मैनै यह न्यूज पढा तो इक स्पाइनल इन्जर्ड आदमी होने की बजहसे मै इस फिल्म के उपर कुछ लिखे विन रह ना सका ।
स्पाइनल कर्ड इन्जरी ( मेरु रुज्जू की चोट) की बजहसे आदमी अपनी सेन्सनरी व मोटरी क्षमता गमा देता है । सन् २००८ की सेप्टेम्बर मे हुइ बाइक एक्सिडेन्टमे मुझे भी स्पाइनल इन्जरी हो गया । उसके बादसे मैने अपनी चलने फिरनेकी क्षमता खो दी । रीढ़ की हड्डी की चोट से परिणाम से निचले हिस्से संवेदनशून्य हो जाती है और चलने फिरने क्षमता खो बैठते है । हमारी रीढके अन्दर फोनकी वायर जैसी इक रुज्जु होती हैऽ उसमे अगर किसी बजहसे कटी तो निचले हिस्से दोनों पैर संवेदनशून्य हो जाते है साथ ही ट्वायलैट और यूरिन ९पेशाब० पास करने में भी समस्या हो जाता है । रीढ़ की हड्डी की चोट से परिणाम के बजहसे आदमी अक्सर व्हीलचेयर या बिस्तर मे रहने लिए बाध्य हो जाते है ।
दुनियाभर मे हर दिन २०००० लाख से भी अधिक लोग स्पाइनल कर्ड इन्जरी की बजह से विकलाङ्ग हो जाते । हमारे कन्टिनेन्ट ९ भारत नेपाल पाकिस्तान० मे अब तक इसके उपर बहुत ही कम लोगोको मालुम है । इस लिए मै स्पाइनल कर्ड डन्जर्ड लोगो की तरफसे सन्जय लिला भंसाली और ह्रितिक रोशनका शुक्रिया कहना चाहुन्गा ।

जहाँ तक मुझे मालुम हुइ है इस फिल्म मै हृतिक रोशन ऐश्वर्य राय के साथ व्हीलचेयरमे बैठनेवाले प्याराप्लेजिक (पक्षघातयुक्त) आदमी की रोल कर रहे है । इस फिल्ममे नीचे के अंगों का पक्षाघात से पीड़ित एक मरीज का रोल खेलेंगे । इस फिल्म में उन को९जैसै की हमारी जीवन मै हुइ० अपने शरीर के निचले आधा लकवा मार जाता है और वह व्हीलचेयर के सहारे हो जाते है । इस फिल्ममै ह्रितिक एक रेडियो शो होस्ट एठान है और ऐश्वर्या जो रितिक की केयरगीभर को रोल निभा रही है । केवल व्हीलचेयर पर सही चालें प्राप्त करना ही काफी नही है प्याराप्लेजिक लोगो की ज़िंदगी की हर पहलु को भी बाहर लाना चाहिए । इस फिल्म मे इच्छामृत्यु या दया की हत्याका भी विषय है ।
अब तक अधेरे मे रहे स्पाइनल इन्जरी की विषयपर बनी इस फिल्म के लिए ह्रितिक और भंसाली को शोध करना चाहिए । दिल्ली की स्पाइनल कर्ड इन्जरी रिहाब सेन्टर इसके लिए सही जगह है । जहाँ तक पत्ता चला है रितिक प्याराप्लेजिक की मानसिकता को समझने की लिए किताबें पढ़ रहे है ।
मै इतना कहना चाहुँगा की प्याराप्लेजिक होने की बजह से जो दर्द होता है उसका कोइ बया कर नही सकते । पर प्याराप्लेजिक मरिज भी कुछ कर सकते है । मै अभी नेपालका एक अनलाइन न्युज पोर्टलका इडिटर हुँ । मेरे जैसै नेपाल और भारतमे तकरिबन २ लाखसे ज्यादा प्याराप्लेजिक लोग है ।
मेरी सभी मिडिया के दोस्तो से रिक्वेस्ट है कृपया स्पाइनल कर्ड इन्जरी के उपर कुछ प्रकास पारे ।

5/01/2009

मेरा आफ्नै कुरा

अब मैलै औपचारिक रुममा दैनिकी डट कममा काम सुरु गरें । हरपलको खबरः पलपलको खबर नारासहित नयाँ टिमबाट दैनिकी सञ्चालन गरिरहेको छु । दुर्घटनाबाट ६ महिना थलिएपछि कामको अनुभव गज्जब छ, त्यसमाथि अनलाइनको टीमलाई सशक्त रुममा परिचालन गर्नु चुनौतीपूर्ण छ । दुई हप्तामा दुई जना परिवर्तन भइसके । द्रूत गतिमा समाचार दिन सकिएन भने पछाडि परिन्छ ।
फोन, फ्याक्स र इमेलनै मेरो गति हो । मलाई अब त म हिँड्न सक्दिन भन्ने लाग्न छाडेको छ । म पनि अरु पत्रकारसरहनै त हो -यदि मेरो दुबै खुट्टा चल्दैन भन्ने बिर्सने हो भने), फगत रिपोर्टिङमा जान सक्दिन । नेपालका सडक पनि व्हीलचेयर अनुकूल हुन्थे त त्यो पनि संभव थियो होला । अनि सम्बद्ध निकायमा व्हीलचेयर जाने र्‍याम्पहरु भए...............। तर केही छैन, डेस्कमा बसेर गर्न सक्ने भूमिका निर्वाह गदैछु । म दुर्घटनामा पर्दा अब गजेन्द्रले केही गर्न सक्दैन भनेका थिए, उनीहरुलाई जवाफ पनि दिनुछ, तर कामले । म तिमीभन्दा कम छैन है अझै पनि, अलिकति सानो सहयोग -तथ्य, तथ्यांक प्राप्तीमा) भएमा हिजोका जस्तै समाचार, समाचार विश्लेषण लेख्न सक्छु । यसबीचमा मैलै केही अखबारहरुमा लेख पनि लेखें । अहिले अनलाइनमा व्यस्तताले भ्याइएको छैन । साथीहरुले जिम्मेवारी पूर्ण बहन गर्न थालेपछि त्यसलाई फेरि निरन्तरता दिनेछु ।
आजलाई यतिनै